२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो’ : सभामुख अर्याल

अ+ अ-

काभ्रेपलाञ्चोक ।  सभामुख डोलप्रसाद अर्यालले सुशासनप्रति जनअपेक्षा रहेको बताएका छन् । 

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा कार्यक्रमका उनले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासन नै भएको बताए । 

सभामुख अर्यालले भने, “सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो, पछिल्लो समयमा पारदर्शिता, जवाफदेहीता र उत्तरदायीका विषयमा उठेका सवालले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको छ ।” 

उनले लोकतन्त्र निर्वाचनबाट मात्रै सुदृढ नहुने भएकाले प्रेरणामुखी सेवा आवश्यक रहेको बताए। उनले भने, “यसले लोकतन्त्रको जीवन्तता र नागरिक चेतनाको उचाइलाई समेत प्रतिबिम्बित गरेको छ ।” 

सभामुख अर्यालले संघीयताको वास्तविक परीक्षण सिंहदरबारबाट मात्र नहुने हुँदा स्थानीय तहको सेवाको मापनमा निर्भर हुने बताए।

 “संविधानले प्रदान गरेको जिम्मेवारी र अवसरलाई नागरिकले प्रत्यक्ष अनुभूति हुने गरी स्थानीय तहले काम गर्नुपर्दछ, संसद्ले निर्माण गर्ने कानुनको अन्तिम सफलता स्थानीय तहको प्रभावकारी कार्यान्वयनमा निर्भर रहन्छ, स्थानीय तह भनेको नागरिकको अझ नजिकको सरकार हो”, उनले भने । 

सभामुख अर्यालले ‘सरकार मेरो लागि छ’ भन्ने नागरिकको चाहनाअनुरूप सरकारले काम गर्ने बताए। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाको ‘स्प्रीड’ले आम नागरिक तथा कर्मचारी वर्गले आत्मसम्मानपूर्वक महसुस गर्ने उनले स्पष्ट पारे । 

सभामुख अर्यालले संविधानको अक्षरस पालना गरेरै विधि, सिद्धान्त, कानुन, ऐन परिमार्जन र संशोधन गर्नुपर्ने धारणा व्यक्त गरे । 

उनले भने, “हाम्रो र हुर्कँदै गरेको पुस्ताको आवश्यकतालाई हेरेर संविधान संशोधन गर्नुपर्दछ, त्यसमा सबै राजनीतिक दल, क्षेत्र तथा व्यक्तिको भावना समेटिइनुपर्छ ।” 

त्यस अवसरमा सभामुख अर्यालले गत प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचितद्वय मधुकुमार चौलागाईं र वदन भण्डारी, समानुपातिक सांसद राम लामा तथा विभिन्न विधानमा उत्कृष्ट जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरे ।

जिल्ला समन्वय प्रमुख दीपक गौतमले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

0 Comments