२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति छानबिनमा सहकार्यको प्रतिबद्धता, निष्पक्षता सुनिश्चित गर्न गगन थापाको जोड

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सम्पत्ति जाँचबुझ आयोगमा पार्टीका सबै नेताहरूले आवश्यक विवरण बुझाउने स्पष्ट पारेका छन्। 

उनले सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति पारदर्शिता राजनीतिक एजेन्डाको दीर्घकालीन विषय भएको उल्लेख गर्दै यसको टुंगो लगाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक आन्दोलनहरूमा सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूको सम्पत्ति विषय बारम्बार उठ्ने गरेको उल्लेख गरे। सोही कारण अहिलेको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको उनले बताए।

थापाका अनुसार नेपाली काँग्रेसका सबै नेताहरू आफ्ना सम्पत्ति विवरण बुझाउन तयार छन्। उनले पार्टीको तर्फबाट आफू स्वयं पनि आयोगसमक्ष विवरण पेश गर्ने बताएका छन्।

उनले निर्वाचनका क्रममा सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि सशक्त आयोग गठन गर्ने विषय पार्टीको प्रतिबद्धतापत्रमै समेटिएको स्मरण गराए। हाल गठन भएको आयोगप्रति सहयोग रहने पनि उनले स्पष्ट पारे।

आयोगसँग सम्बन्धित विभिन्न पक्षमा बाहिर भइरहेको बहसप्रति संकेत गर्दै उनले त्यसबारे आफ्नो प्रत्यक्ष टिप्पणी नभएको बताए। पूर्वन्यायाधीश तथा केही राजनीतिक व्यक्तिहरूले विवरण बुझाउने वा नबुझाउने विषयमा फरक धारणा राखेको सन्दर्भ उल्लेख गर्दै उनले त्यसलाई व्यक्तिगत दृष्टिकोणका रूपमा व्याख्या गरे।

उनले आयोगको निष्पक्षता, पारदर्शिता र कार्यप्रणालीप्रति कुनै पनि प्रश्न उठ्न नदिन सरकारलाई आग्रह गरे। छानबिन प्रक्रियामा राजनीतिक पदाधिकारीहरू पनि समान रूपमा समेटिनुपर्ने आवश्यकता उनले औँल्याए।

थापाले वर्तमान राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरू समेत छानबिनको दायरामा आउनुपर्ने उल्लेख गर्दै सबै पक्ष सहकार्य गर्न तयार हुनुपर्ने धारणा व्यक्त गरे।

0 Comments