२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

अ+ अ-

काठमाडौँ । राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको एक भन्सार मुल्यांकनसम्बन्धी मुद्दामा भन्सार विभाग प्रयोगशाला शाखासँग स्पष्टीकरण (जवाफ) माग गरेको छ ।

पैठारी गरिएको तेलको गुणस्तर परीक्षण प्रतिवेदन र सरकारी मापदण्डबीच भिन्नता देखिएपछि थप स्पष्टता खोजिएको हो । स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले विराटनगर भन्सार कार्यालय (रानी) समेतलाई विपक्षी बनाई दायर गरेको निर्णय बदर तथा धरौटी फिर्तासम्बन्धी मुद्दाको सुनुवाइ गर्दै न्यायाधिकरणले उक्त आदेश दिएको हो ।

पैठारीकर्ता स्वस्तिक आयल इन्डस्ट्रिजले घोषणा गरेको मालवस्तुको नमुना परीक्षण भन्सार विभाग प्रयोगशाला शाखा, त्रिपुरेश्वर काठमाडौँले गरेको थियो । उक्त प्रयोगशालाले २०८१ साउन २८ गते अदालतमा प्रेषित गरेको प्रतिवेदनमा उक्त वस्तु ‘क्रुड आयल’ (जुन कच्चा तेल हो र यसमा कम भन्सार लाग्छ) को परिभाषाभित्र नपर्ने निष्कर्ष निकालेको थियो ।

खाद्य तथा दाना पदार्थहरूको अनिवार्य गुणस्तर मापदण्ड, २०८० अनुसार ‘रिफाइन्ड भेजिटेबल आयल’को ‘एसिड भ्यालु’ प्रतिग्राम शून्य दशमलव पाँच ९०.५० को तेलमा मिलीग्राम पोटासियम हाइड्रोक्साइडभन्दा बढी हुनु हुँदैन ।

तर प्रयोगशालाको परीक्षण प्रतिवेदनमा उक्त वस्तुको एसिड भ्यालु एक दशमलव ६८ ९१.६८० रहेको उल्लेख छ । एसिड भ्यालुको यो भिन्नताका कारण वस्तुको वर्गीकरणमा अन्योल देखिएपछि राजस्व न्यायाधीकरणका कानुन अध्यक्ष ध्रुवराज नन्द, राजस्व सदस्य केशवकुमार उप्रेती र लेखा सदस्य तोमनाथ उप्रेतीको इजलासले प्रयोगशालालाई बुँदागत जवाफ पठाउन आदेश दिएको हो ।

वस्तुको परीक्षणबाट देखिएको परिणाम अतिरिक्त, के र कुन आधारमा उक्त वस्तु ‘क्रुड आयल’को परिभाषाभित्र नपर्ने भनी राय दिइएको भन्ने अदालतले प्रश्न गरेको छ । सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डले निर्धारण गरेको एसिड भ्यालुको सीमालाई आधार बनाउनु नपर्ने कारणसमेत माग गरेको हो ।

न्यायाधिकरणे आदेश प्राप्त भएको मितिले सात दिनभित्र परीक्षण प्रतिवेदनको छायाँकपीसहित स्पष्ट हुने गरी जवाफ पठाउन भन्सार विभाग प्रयोगशालालाई पत्राचार गर्न निर्देशन दिएको छ ।

उक्त जवाफ आएपछि यसैसँग जोडिएको अर्को मुद्दालाई समेत साथै राखी नियमानुसार पेस गर्न पनि अदालतले आदेश दिएको छ ।

0 Comments