२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसियन गेम्स छनोट: फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

अ+ अ-

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

आइतबार दोस्रो सेमिफाइनमाल मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गर्दै मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले चार विकेटको क्षतिमा १८ ओभर २ बलमा १२० रन पुरा गर्दै भेट्टाएको हो। 

यसअघि सिंगापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई आठ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङबिचको फाइनल भिडन्त सोमबार सिंगापुरमा हुनेछ।

पहिलो सेमिफाइनलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९‍।२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाए।

उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेलले २० र रोहित पौडेलले अविजित २१ रन बनाउनुभयो। बलिङमा ओमानका  समीर ओथामनले दुई विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९४ रन बनाएको थियो। ओमानका लागि कप्तान सफियान मोहम्मद सर्वाधिक ३८ रन बनाए। जुबिर अलि अकबरले २२ र अबदुल्जाली खानले १६ रन जोडे। 

बलिङमा नेपालका करण केसीले तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले दुई दुई तथा कुशल मल्ल, साहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । 

0 Comments