२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा अनलाइन सञ्जालमार्फत यौन कारोबार सञ्चालन गर्ने समूहका १६ जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा सामाजिक सञ्जालको प्रयोग गरी यौनजन्य गतिविधि सञ्चालन गरेको आरोपमा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये चार पुरुष र बाह्र महिला रहेका छन्।

प्रहरीका अनुसार उक्त समूहले फेसबुक, ह्वाट्सएप लगायतका डिजिटल माध्यम प्रयोग गरी ग्राहकसँग सम्पर्क स्थापना गर्ने, फोटो तथा भिडियोमार्फत आकर्षण देखाउने र मोलमोलाइ गर्ने कार्य गर्दै आएको थियो। त्यसपछि उनीहरूलाई विभिन्न होटेलमा पुर्‍याएर यौनजन्य गतिविधि गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अभियानका क्रममा पक्राउ परेका पुरुषमध्ये मकवानपुरको मनहरी गाउँपालिका-२ का ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका-८ का २८ वर्षीय विवेक स्याङ्तान तथा काठमाडौँ महानगरपालिका-९ शम्भुमार्ग बस्ने २९ वर्षीय राजकुमार गौतम रहेका छन्।

त्यसैगरी पक्राउ परेका महिलाहरूमा पेमा लामा, अञ्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमलामाया लामा, फुर्वामाया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमादेवी गुरुङ र प्रिया तामाङ रहेका छन्।

अनुसन्धान अनुसार उक्त समूहले ग्राहक खोज्ने, सौदाबाजी गर्ने तथा आवश्यक समन्वय गर्ने कार्य अनलाइनमार्फत गर्दै आएको थियो। ग्राहकलाई ट्याक्सी तथा निजी सवारीसाधनमार्फत गौशालाको शम्भुमार्ग तथा बत्तीसपुतली आसपासका विभिन्न होटेलमा पुर्‍याइ यौनजन्य गतिविधि गराउने व्यवस्था मिलाइएको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply