२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा ऐतिहासिक तिखागढी मर्मत सम्पन्न, नगरपालिकालाई हस्तान्तरण

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले डोटीस्थित ऐतिहासिक महत्व बोकेको तिखागढीको मर्मत कार्य सम्पन्न गरी स्थानीय तहलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

सेनाको ५ नम्बर बाहिनीका बाहिनीपति सरोजकुमार अधिकारीले दिपायल-सिलगढी नगरपालिकाका प्रमुख विजय खड्कालाई उक्त संरचना हस्तान्तरण गरेका हुन्। कार्यक्रममार्फत गढी संरक्षण र व्यवस्थापनको जिम्मेवारी अब नगरपालिकालाई सुम्पिएको छ।

सेनाका अनुसार आफ्नै स्रोतसाधन प्रयोग गरी “शीघ्र प्रभावी आयोजना” अन्तर्गत भैरव दल गणको प्राविधिक तथा श्रमशक्तिबाट तिखागढीको मर्मत तथा संरक्षण कार्य सम्पन्न गरिएको हो।

ऐतिहासिक रूपमा तिखागढी प्राचीन डोटी राज्यकालीन सैन्य संरचना मानिन्छ, जुन दिपायल–सिलगढी नगरपालिका-१ स्थित तिखा गाउँको माथिल्लो डाँडामा अवस्थित छ।

स्थानीय सम्पदाको संरक्षण र पुन:जीवन दिने उद्देश्यसहित गरिएको यो कार्यले क्षेत्रीय ऐतिहासिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

0 Comments