२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

अ+ अ-

ताप्लेजुङ । जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो ।

महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवले अलैँची खेतीको प्रवर्द्धन, उत्पादन वृद्धि तथा बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फलको प्रदर्शनी, अलैँचीजन्य उत्पादनहरूको प्रदर्शनी, उत्कृष्ट तथा कमजोर अलैँची बगानको अवलोकन र पहिचानलगायत कार्यक्रम समावेश गरिएका छन् । यसका साथै अलैँची खेती तथा प्रवर्द्धनसँग सम्बन्धित खुला कविता प्रतियोगिता, लोकदोहोरी तथा अन्य सांस्कृतिक कार्यक्रम हुने बताइएको छ ।

दुई दिने महोत्सवमा आधुनिक अलैँची खेतीसम्बन्धी कार्यशाला, क्रेता–बिक्रेताबीच अन्तरक्रिया तथा अलैँचीको उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा व्यापक छलफल हुने कार्यक्रम तय गरिएको छ । संघ तथा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख एवम् अलैँची विज्ञहरूको सहभागितामा आधुनिक खेती प्रविधि र बजार विस्तारका सम्भावनाबारे विशेष छलफल गरिनेछ ।

महोत्सवका अवसरमा अलैँची खेतीमा उल्लेखनीय सफलता हासिल गरेका किसानलाई सम्मानसमेत गरिने आयोजकले जनाएको छ ।

हिमाली जिल्ला ताप्लेजुङ नेपालकै प्रमुख अलैँची उत्पादन क्षेत्र मानिन्छ । यहाँ उत्पादन हुने उच्च गुणस्तरको अलैँचीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विशेष पहिचान बनाएको छ । कृषक, व्यवसायी र सरोकारवालाबीच अनुभव आदान–प्रदानसहित अलैँची खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ । 

0 Comments