२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनै लोभ्याउने ‘माइपोखरी’

अ+ अ-

इलाम । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा कुना भएको विशाल ‘माइपोखरी’ । पोखरी यति ठूलो छ कि एउटा कुनाबाट अर्को कुना देख्न सकिँदैन ।

इलामको सन्दकपुर गाउँपालिका–१ र ३ को सङ्गमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र माइपोखरीले पछिल्लो समय आगन्तुकहरु आकर्षित गरिरहेको छ । यहाँ पुग्ने जो कोहीले एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने र भिडियो बनाउने गरेका छन् । पछिल्लो समय यहाँ तस्बिर लिने, भिडियो बनाउने र पूजापाठ गर्न आउनेको भिड लाग्ने गरेको छ ।

समुद्री सहतदेखि दुई हजार १०० मिटर उचाइमा अवस्थित माइपोखरी पूर्वी पहाडकै आकर्षक धार्मिक पर्यटकीय क्षेत्र हो । माइपोखरीको एक दशमलव ८ हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेशनशील मानिएको छ ।

माइपोखरीमा पूजापाठ गरेमा मनोकां पूरा हुने धार्मिक विश्वास छ । बलिप्रथा निशेधित माइपोखरीलाई साक्षात देवीका रूपमा पूजा गरिँदै आएको छ । यहाँ मनोकांक्षा पूरा होस् भनेर भाकल गर्ने तथा परेवा उडाउने प्रचलन छ ।

द्वापरयुगको अन्त्यमा पाँच पाण्डव वनबासमा रहने क्रममा सुनसरीको बराहक्षेत्र, झापाको अर्जुनधारा हुँदै इलामको माइपोखरीसम्म आएर फर्किएको किंवदन्ती छ । माइपोखरीलाई हिन्दू, बौद्ध र किरात धर्मको आस्थाका रूपमा लिइन्छ ।

माइपोखरीप्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन, विदेशी पर्यटकमा उत्तिकै छ । यसको प्रचारले पर्यटकीय सम्भावनाले भरिपूर्ण सन्दकपुर गाउँपालिकालाई नै थप लोकप्रिय बनाउँदै लगेको छ । माइपोखरी इलाम सदरमुकामबाट उत्तरमा बिब्ल्याँटे बजार हुँदै आधा कालोपत्र र आधा कच्ची गरी १३ किलोमिटर सडक पार गरेर पुग्न सकिन्छ ।

यहाँ नेपालसहित भारतका विभिन्न क्षेत्र तथा अन्य विदेशी पर्यटक आउने गरेको स्थानीय लीला भट्टराईले बताइन् । “माइपोखरी अवलोकन गर्न दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन्”, उनले भनिन्, “यातायातको सहजताले माइपोखरी अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” चारचक्के तथा दुईचक्के सवारीसाधनबाट सहजै माइपोखरी पुग्न सकिने भएकाले युवायुवतीको रोजाइमा माइपोखरी परेको हो ।

पर्यटकको चहलपहलसँगै माइपोखरी आउने पर्यटकलाई लक्षित गरी होटलसमेत विस्तार हुँदै गएका छन् । स्थानीयले होटल तथा होमस्टे सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको सन्दकपुर गाउँपालिका–३ का होटल सञ्चालन निमतेन्जी शेर्पाले बताए ।

“माइपोखरी अवलोकन गर्नका लागि युवायुवती समूह समूहमा दिनहुँ आउने जाने गर्दछन्”, शेर्पाले भने, “यसको अझ प्रचारप्रसार गरे प्रशस्त फाइदा सन्दकपुरवासीले लिन सकिन्छ ।” माइपोखरीलाई सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दशौँ बैठकले विश्वसम्पदा सूचीमा राखेको छ ।

प्रचारप्रसारका लागि बर्सेनि बहुधार्मिक महोत्सव
माइपोखरीको प्रचाप्रसारका लागि बर्सेनि ‘माइपोखरी बहुधार्मिक महोत्सव’ आयोजना हुँदै आएको छ । बर्सेनि हरिबोधनी एकादशीका अवसरमा पारेर सन्दकपुर गाउँपालिकाले दुईदिने बहुधार्मिक महोत्सव आयोजना गर्दै आएको छ ।

माइपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने एवं बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । त्यहाँ २०८० सालदेखि गाउँपालिकाले बर्सेनि बहुधार्मिक महोत्सव आयोजना गर्दै आएको छ ।

“सन्दकपुर गाउँपालिकाले माइपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न चाहेको छ”, अध्यक्ष गुरुङले भने, “विगत तीन वर्षदेखि यहाँ बहुधार्मिक महोत्सव आयोजना गर्दै आएका छौँ, यसको अझ प्रचारप्रसार गर्नसके सन्दकपुरकै विकास र समृद्धिमा टेवा पुग्ने विश्वास छ ।”

माइपोखरीलाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको गाउँपालिकाले जनाएको छ । माइपोखरीको प्रवर्द्धनका लागि पालिकाकोतर्फबाट सधैँ साथ रहने गाउँपालिका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीले बताए ।

जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण
माइपोखरी धार्मिक दृष्टिले मात्र होइन, जैविक विविधताको दृष्टिलेसमेत महत्त्वपूर्ण मानिन्छ । यस क्षेत्रमा चार प्रजातिका लालीगुराँस, तीन प्रजातिका चाँप, १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडीबुटीसहित ३०० प्रजातिका फूल फुल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्युलगायत वनस्पति पाइन्छ ।

त्यस्तै, यहाँ १२ प्रजातिका जलचर, छ प्रजातिका उभयचर, तीन प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २०० बढी प्रजातिका चराचुरुङ्गीहरु पाइन्छन् ।

माइपोखरीमा धार्मिक आस्थाका, प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न र वातावारणीय पक्षको अध्ययन अनुसन्धान गर्न पर्यटक पुग्ने गर्दछन् । माइपोखरी पुग्नेले माइपोखरीको दर्शनसँगै माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्ध गुम्बा, तीनचुलो, युमाथानलगायको अवलोकन गर्न पाउँछन् ।

0 Comments