२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक- संस्कृति संरक्षण र आधुनिक सहरी सभ्यता प्राथमिकतामा

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

नगर सभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् ।

यस पटक विगत वर्षहरूमाझैँ काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रूपमा लिएको डंगोलले जानकारी दिइन् । परिवर्तित परिवेश र काठमाडौंबासीको उत्कृष्ट चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखी नीति तथा कार्यक्रम तयार गरेको उनले बताइन् ।

नीति तथा कार्यक्रमले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा सघाउ पुग्ने अपेक्षा लिएको पनि उनले बताइन् । ‘आगामी आर्थिक वर्ष २०८३/८४ को लागि नगर सभाको यस बैठकमा प्रस्तुत भएको काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनबाट संघीय राजधानी काठमाडौँको अपेक्षित लक्ष्य हासिल हुने अपेक्षा गरेको छु,’ उनले भनिन् ।

काठमाडौं महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, संस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकासलाई सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्ताव गरेको उनको भनाइ छ ।

0 Comments