२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुंगा नगरपालिका सम्मानित

अ+ अ-

काठमाडौँ । अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्‍याएको जनाउँदै रेसुंगा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।

अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नरहेको बताइएको छ । आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ ।

नेपाल नेत्रज्योति संघको ३० औँ केन्द्रीय सभाको अधिवेशनमा संघका संस्थापक प्रा। डा। रामप्रसाद पोखरेल, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, संघका केन्द्रीय अध्यक्ष प्रा। डा। चेतराज पन्तले रेसुंगा नगरप्रमुख खिलध्वज पन्थीलाई प्रदान गरे ।

नगरप्रमुख पन्थीले आफूले कार्यपालिकाको पहिलो बैठकबाट आँखा उपचार सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने निर्णय गरेको जानकारी दिँदै अहिले नगर क्षेत्रमा आर्थिक अभावका कारण नगरवासी आँखा उपचार सेवाबाट वञ्चित हुन नपरेको बताए । उनले भने, ‘आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ ।’

उनका अनुसार नगरपालिकाले गुल्मी अस्पतालमा मिर्गौलाका बिरामीको लागि डायलासिस सेवा सञ्चालन गर्न सहयोग गरेको छ । यसबाट हाल ४० जना बिरामी लाभान्वित भइराखेका छन् । साथै दम तथा निमोनियाका बिरामीका लागि नगरपालिकाले घर घरमा नै अक्सिजन कन्सट्रेटर उपलब्ध गराइरहेको छ । यसबाट करिब २ सय बिरामी लाभान्वित भएका जनाइको छ । सङ्घले सम्मान गोरखा नगरपालिकालाई पनि प्रदान गरेको थियो ।

सोही अवसरमा गुल्मीका समाजसेवी कृष्णहरि सापकोटालाई पनि नेत्रज्योति विशिष्ट सम्मान अर्पण गरिएको थियो । उनले मुसिकोट नगरपालिका वडा ७ स्थित एकरोपनी जमिन सहित जमिनमा साढेदुई तल्ला भवन बनाइ नेपाल नेत्रज्योती संघ गुल्मीशाखालाई हस्तान्तरण गरेका थिए ।

यसको मूल्य करिब दुई करोड ५० लाख रुपैयाँ बराबर रहेको जनाइएको छ । हाल भवनमा संघद्वारा सञ्चालित आँखा उपचार केन्द्र सञ्चालित छ ।

0 Comments