२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईले दिइन स्पष्टीकरण 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा प्रसारित भइरहेको आफ्नो भिडियोबारे स्पष्टीकरण दिएकी छन् ।

गुडिरहेको सवारी साधनको झ्यालबाट बाहिर निस्किएको अवस्थामा देखिएको भिडियो सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त दृश्य हालको नभई आफू सार्वजनिक पद तथा सरकारी जिम्मेवारीमा आउनुअघि कै समयसँग सम्बन्धित रहेको बताएकी हुन् ।

उनका अनुसार भिडियो खिचिएको समयमा आफू चालक नभई यात्रुको भूमिकामा थिइन् र त्यो एक निजी तथा अनौपचारिक क्षणको अभिलेख मात्र थियो । उनले उक्त घटनालाई व्यक्तिगत जीवनको सामान्य प्रसंगका रूपमा प्रस्तुत गरेकी छन् ।

सार्वजनिक पदमा रहेकाहरूले पनि व्यक्तिगत जीवन जिउने अधिकार कायम रहने उल्लेख गर्दै भट्टराईले नागरिकको चासोप्रति सम्मान व्यक्त गरेकी छन् । आफू सार्वजनिक जिम्मेवारीमा रहे पनि आधारभूत नागरिक अधिकार र व्यक्तिगत स्वतन्त्रताबाट वञ्चित नहुने उनको भनाइ छ ।

भट्टराईले भिडियोमा देखिएको गतिविधि सडक सुरक्षा तथा ट्राफिक अनुशासनका दृष्टिले उपयुक्त नदेखिन सक्ने स्वीकार गरेकी छन् । विगतमा उमेर र उत्साहका कारण त्यस्तो व्यवहार भएको हुन सक्ने उल्लेख गर्दै उनले त्यसलाई आलोचनाभन्दा पनि सिकाइ र सचेतनाको अवसरका रूपमा लिन आग्रह गरेकी छन् । साथै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

एक पुरानो र छोटो भिडियोका आधारमा व्यक्तिको चरित्र, जिम्मेवारी बोध वा सार्वजनिक भूमिकाको मूल्यांकन नगर्न आग्रह गर्दै उनले व्यक्तिको समग्र कार्यसम्पादन, व्यवहार र योगदानलाई आधार बनाएर धारणा बनाउन उपयुक्त हुने बताएकी छन् ।

सांसद भट्टराईले आफू निर्वाह गरिरहेको जिम्मेवारीप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै जनविश्वासको सम्मान गर्दै इमान्दार ढङ्गले काम गरिरहने प्रतिबद्धता दोहोर्‍याएकी छन् । साथै, घटनापछि साथ र समर्थन व्यक्त गर्ने शुभेच्छुकप्रति आभार पनि व्यक्त गरेकी छन् ।

0 Comments