२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा १९ शंकास्पद व्यक्ति नियन्त्रणमा

अ+ अ-

दमौली (तनहुँ) ।जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष खोजी अभियान १९ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । नियन्त्रणमा लिइएकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त विशेष अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलाई लक्षित गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

प्रहरी टोलीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्र, सार्वजनिक स्थल, बजार क्षेत्र तथा सम्भावित आपराधिक गतिविधि हुनसक्ने स्थानमा निगरानी तथा जाँचलाई तीव्र बनाएको छ । 

“जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा नागरिकमा सुरक्षाको अनुभूति गराउने उद्देश्यले नियमित रूपमा यस्ता अभियान सञ्चालन गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक घिमिरेले भने, “नियन्त्रणमा लिइएका व्यक्तिमध्ये केहीमाथि थप अनुसन्धान भइरहेको छ भने अन्यको आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ ।”

प्रहरीका अनुसार पछिल्लो समय जिल्लामा लागुऔषध दुर्व्यसन, चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन नियन्त्रणलाई प्राथमिकतामा राखेर निगरानी बढाइएको छ । यस्ता गतिविधि नियन्त्रण गर्न नियमित रूपमा विशेष अभियान सञ्चालन गरिने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अपराध नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढीकरणका लागि समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै लगिएको जनाएको छ । 

साथै कुनै पनि शंकास्पद गतिविधि, अवैध कारोबार वा कानुनविपरीतका कार्यबारे जानकारी भएमा तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

Leave a Reply