काठमाडौँ । नेपाल प्रहरीका १७५ प्रहरी वरिष्ठ हवल्दारहरूको सरुवा गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले शुक्रवार प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरूको सरुवा गरेको हो । सरुवा भएका कर्मचारीहरूले असार महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको नयाँ दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ ।







