२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन’ : मौसमविद्

अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भू-भागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।  

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षाअनुसार वर्षा हुन नसकेको बताए। 

“हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ”, उनले भने, “पूर्वानुमान गरिएजस्तो वर्षा नभए पनि देशका अधिकांश पहाडी भूभागमा मध्यम वर्षा भइरहेको छ । अहिलेको वर्षा मुख्यतः पहाडी क्षेत्रमा केन्द्रित छ ।”

अर्यालले हाल लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका केही भू-भागमा मध्यम वर्षा भइरहेको जानकारी दिए। उनका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि क्रमशः विस्तार हुने सम्भावना छ । विशेषगरी पहाडी भू-भागमा मेघगर्जन, चट्याङ र मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे । 

विभागले आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना, मधेस र लुम्बिनीका तराईमा हुरीबतासको जोखिम रहेको जनाएको छ । विभागका अनुसार मनसुनी प्रणालीको प्रभावका कारण आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

विभागले आज जारी गरेको तीनदिने मौसम पूर्वानुमानअनुसार आज देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाएको छ ।

 कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा सहरी डुबान हुनसक्ने स्थानका बासिन्दालाई  सतर्क रहन आग्रह गरिएको छ ।

मधेस तथा लुम्बिनी प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले कमजोर संरचना, कृषि बाली तथा विद्युत् र सञ्चार सेवामा असर पर्न सक्ने विभागले जनाएको छ ।

आज राति देशका हिमाली भू-भागका धेरै स्थान तथा पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराईका धेरै स्थान, मधेस प्रदेशका धेरै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

आगामी केही दिन मनसुनी गतिविधि कायम रहने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन, नदी तथा खोलामा आउने आकस्मिक बहाव, पहिरो र सहरी डुबानको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

0 Comments