२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने

अ+ अ-

काठमाडौँ । अन्तरराष्ट्रिय सीमानाका बेलहियाको ट्राफिक व्यवस्थापन, यात्रु तथा पर्यटकको आवागमन, सामान ओसारपसारसहित सुरक्षा प्रबन्ध सुनिश्चित गर्न पहल भएको छ ।

भारतीय मालवाहक सवारीसाधन जथाभाबी रूपमा सडकमै पार्किङ गर्ने र भारतीय नम्बर प्लेटका ट्याक्सी नेपालतर्फ प्रवेश गरी निर्बाध रूपमा यात्रु ओसारपसार गर्ने परिस्थिति बढ्दै जाँदा बेलहियानाका अस्तव्यस्त बनेको भन्ने गुनासो आएसँगै व्यवस्थापन प्रक्रिया सुरु भएको हो ।

सो सन्दर्भमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रसाद अर्यालले स्थानीय जनता र व्यवसायी तथा सम्बद्ध सरकारी निकायलगायत सरोकारवाला पक्षबाट प्राप्त राय सुझावसहित सीमापारिका भारतीय अधिकारीहरूको समेत सहयोग र सहकार्यमा सीमानाकास्थित बेलहियाको समस्या समाधान गरिने बताए ।

उनले सर्वपक्षीय समितिबाट प्राप्त सुझावका आधारमा बेलहियाको समस्या समाधान गर्ने पक्षमा प्रशासन रहेको स्पष्ट गर्दै उनले भने, “स्थानीय प्रहरी प्रशासनले एक महिनाभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग छलफल गरी समाधानको पहल गर्नेछ । त्यसबाट सम्भव नभए प्रमुख जिल्ला अधिकारीका हैसियतले भारतीय समकक्षीसँग छलफल गरी सीमानाका बेलहियाको समस्या समाधान गरिने छ, जनताको मागबमोजिम व्यवस्थापन गरिनेछ ।”

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै सो सञ्चालनमा आएपछि पार्किङ व्यवस्थापन सहज भई हाल देखिएका अधिकांश समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले स्थानीय सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी ढंगबाट परिचालन गरी ट्राफिक तथा पार्किङ व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले भारततर्फ जारी सडक विस्तारको काम पूरा हुनासाथ ट्राफिक व्यवस्थापनसँग सम्बन्धित समस्या न्यूनीकरण हुने बताउँदै जथाभाबी गाडी रोक्न निषेध गर्नुपर्नेमा जोड दिए।

स्थानीय प्रहरीका अनुसार पछिल्ला दिनमा रुपन्देहीको वेलहिया सीमानाका हुँदै दैनिक पाँच हजार व्यक्ति, ३०० देखि ५०० वटा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधन, २५-३० वटा यात्रुवाहक बस र १००-१५० मालवाहक ट्रकको आवतजावत हुने गरेको छ ।

0 Comments