काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाई प्रक्रिया शुरु गरेको छ । बिहीवार बसेको समितिको बैठकले नियुक्तिका लागि प्रश्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाई प्रक्रिया अगाडि बढाएको हो ।
संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको छ ।
प्रश्तावित तीनै जना विरुद्ध समितिले १० दिन समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ । समिति सभापति वोधनारायण श्रेष्ठले साउन ४ गतेसम्म उजुरी दिनको लागि समय दिने बताए ।







