२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व सुरक्षा चुनौती समाधानका लागि प्रहरी सहकार्य विस्तार गर्नुपर्नेमा आइजिपी कार्कीको जोड

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीहरू सामना गर्न विश्वका प्रहरी संगठनहरूबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

संयुक्त राज्य अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै आइजिपी कार्कीले विश्व शान्ति, सुरक्षा र कानुनी शासनको संरक्षणका लागि अन्तरदेशीय प्रहरी साझेदारी महत्वपूर्ण रहेको धारणा राखेका हुन्।

उनले पछिल्लो समय साइबर अपराध, मानव बेचबिखन, संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा प्रविधिको दुरुपयोगजस्ता चुनौतीहरू सीमापार प्रकृतिका बन्दै गएको उल्लेख गर्दै यस्ता समस्याको समाधान एकल राष्ट्रिय प्रयासबाट मात्र सम्भव नहुने बताए।

आइजिपी कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यलाई प्रभावकारी बनाउन सूचनाको आदान–प्रदान, प्रहरी जनशक्तिको क्षमता विकास, संयुक्त अभ्यास तथा आधुनिक प्रविधिको प्रयोगमा जोड दिएका छन्।

सम्मेलनमा उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा नेपाल प्रहरीले लामो समयदेखि निर्वाह गर्दै आएको भूमिकाको समेत चर्चा गरे। नेपाल प्रहरीले व्यावसायिकता, अनुशासन र निष्पक्षताका साथ विश्व शान्ति अभियानमा योगदान दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसप्रतिको प्रतिबद्धता कायम रहने बताए।

उनले आधुनिक प्रहरी सेवाको विकासका लागि महिला प्रहरीको सहभागिता विस्तार, समुदायसँगको सहकार्य, मानव अधिकारको संरक्षण र कानुनी शासनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

विश्वका साझा सुरक्षा चुनौतीहरू सामना गर्न राष्ट्रहरूबीच आपसी विश्वास, सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै आइजिपी कार्कीले सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणका लागि सामूहिक प्रयासमा जोड दिएका छन्।

Leave a Reply