काठमाडौँ । राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ पारित गरी प्रतिनिधि सभामा फिर्ता पटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसअघि सांसदहरुले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।







