काठमाडौँ । काठमाडौँको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ती महिलाको शव बल्खु कुमारी क्लबभन्दा तल खोलामा फेला परेको हो। घटनापछि प्रहरी टोलीले खोजी अभियान सञ्चालन गरेको थियो।
प्रहरीका अनुसार करिब ३५ वर्षीया ती महिलाले कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा हाम फालेकी थिइन्। उनको परिचय भने हालसम्म नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले बताए।
महिलाले खोलामा हाम फाल्नुको कारण पनि अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।







