काठमाडौँ । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
नवलपरासी पश्चिम रामग्राम नगरपालिका-२ घर भएका ५६ वर्षीय शैलेन्द्र कुमार गुप्तालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत सर्लाहीबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१ नक्सालबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।







