काठमाडौँ । भोटेकोसी गाउँपालिका-२ स्थित कोदारी (इको) क्षेत्रमा सडक भासिएपछि नेपाल-चीन जोड्ने तातोपानी नाका सोमबार पुनः अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोका करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन रोकिएको हो ।
सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले सडक भासिएको स्थानमा गिट्टी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका र नेपालबाट चिन तर्फ जाने मालवाहक कन्टेनर रोकिएका छन् ।







