२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशमा सर्प दंशका बिरामी वृद्धि

अ+ अ-

नवलपरासी । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्प दंशका घटनाको उच्च जोखिममा रहेको देखिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असारसम्म जिल्लामा मात्रै ६७० जना सर्प दंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन् । तीमध्ये २५ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ ।

तथ्यांकअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा एक हजार २९ जना सर्प दंशका घटना दर्ता भएका थिए भने ५२ जनामा विषालु सर्प दंश भएको थियो ।

यस जिल्लाको भौगोलिक अवस्था, तराई क्षेत्र, घना वन, खेतीपाती र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले अन्य जिल्लाको तुलनामा यहाँ सर्प दंशका घटना बढी हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए। उनका अनुसार सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा अल्झिनुभन्दा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नु नै सबैभन्दा प्रभावकारी उपाय हो ।

“सर्प दंशपछि बिरामीलाई सकेसम्म शान्त राखी तुरुन्त उपचारका लागि अस्पताल पुर्‍याउनुपर्छ”, उनले भने, “समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिन्छ । वर्षायाममा खेतबारीमा काम गर्दा जुत्ता लगाउने, राति टर्चको प्रयोग गर्ने र घर वरिपरिको झाडी सफा राख्नेजस्ता सावधानी अपनाउन आवश्यक छ ।”

गण्डकी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)पछि चालु आवमा तनहुँमा २७९, कास्कीमा १८७, स्याङ्जामा १७७, लमजुङमा ९३, म्याग्दीमा ५७, गोरखामा ४६, बागलुङमा ३८ र पर्वतमा १६ सर्प दंशका घटना दर्ता भएका छन् । मनाङ र मुस्ताङमा भने कुनै घटना दर्ता भएका छैनन् ।

प्रदेश स्तरको तथ्यांक हेर्दा पनि सर्प दंशका घटना क्रमशः घट्दो देखिएको छ । आव २०८२/८३ मा गण्डकी प्रदेशभर एक हजार ५६० जना सर्प दंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्, जसमध्ये ९२ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ ।

अघिल्लो आव २०८१/८२ मा प्रदेशभर दुई हजार २०१ सर्प दंशका घटना र १८६ विषालु सर्प दंशका बिरामी दर्ता भएका थिए । त्यस्तै आव २०८०/८१ मा एक हजार ८७६, २०७९/८० मा एक हजार ७२४ र २०७८/७९ मा एक हजार ४४१ सर्प दंशका घटना अभिलेख भएका थिए ।

वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले सर्प दंशबाट बच्न व्यक्तिगत सावधानी अपनाउनुका साथै सर्पले टोकेपछि ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुग्नु नै ज्यान जोगाउने सबैभन्दा भरपर्दो उपाय भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईँले बताए।

Leave a Reply