३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदा र जग्गा व्यवस्थापनबारे छुट्टाछुट्टै छानबिन समिति गठन

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयले अध्ययन बिदाको उपयोग तथा विश्वविद्यालयको स्वामित्व र चलन भोगमा रहेका जग्गासम्बन्धी विषयको अध्ययन एवं छानबिन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरेको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय अनुसार अध्ययन बिदाको प्रयोगसम्बन्धी विषयको छानबिन गरी प्रतिवेदन पेस गर्न प्रा. डा. राजेन्द्रप्रसाद भट्टको संयोजकत्वमा समिति गठन गरिएको छ। त्यस्तै, विश्वविद्यालय तथा यसका आंगीक क्याम्पसको नाममा रहेका र प्रयोगमा रहेका जग्गाको अवस्था अध्ययन गर्न प्राध्यापक यज्ञराज पाठकको नेतृत्वमा अर्को समिति बनाइएको छ।

यसैबीच, आंगीक क्याम्पसहरूले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिको वितरण र व्यवस्थापनलाई थप पारदर्शी बनाउन आवश्यक कार्यविधि तयार गर्ने जिम्मेवारी व्यवस्थापन संकायका डिन केशवराज भट्टको संयोजकत्वमा रहेको टोलीलाई दिइएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, सामान्य विज्ञान, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि तथा कानून केन्द्रीय विभागका शैक्षिक र प्रशासनिक भवन निर्माणका लागि विद्युतीय बोलपत्रसमेत आह्वान गरेको छ।

विश्वविद्यालयका अनुसार उपकुलपतिमा प्रा. डा. किशनदत्त भट्टले जिम्मेवारी सम्हालेपछि संस्थागत सुशासन, पारदर्शिता र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै यी निर्णयहरू कार्यान्वयनमा ल्याइएको हो।

0 Comments