काठमाडौँ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–९ बस्ने रोहण केशरीलाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत पर्साबाट २०८१ असार २३ गते उक्त मुद्दामा सात वर्ष कैद र तीन लाख ३७ हजार रुपैयाँ जरिबाना ठहर भई फरार रहेका उनलाई पक्राउ गरिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले एयरपोर्ट गोल्डेन गेट अगाडिबाट पक्राउ गरेको हो । हाल उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







