३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको छ ।

आयोजक पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले आज पत्रकार सम्मेलन गरी ‘कोशी प्रदेश पर्यटन वर्ष’ अभियानलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो ।

क्लबका अध्यक्ष किशन मास्केका अनुसार साइक्लिङमार्फत प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै दिगो र वातावरणमैत्री पर्यटन विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रम संयोजक विजय श्रेष्ठका अनुसार ३० किलोमिटर दूरीको साइक्लिङ राइड साउन २ गते बिहान ६:०० बजे भानुचोकबाट सुरु हुनेछ । राइड भोटे पुल, धनकुटे रोड, बुद्धचोक, घोपा गेट, डिपो स्कुल लाइन, इन्द्रेणी चोक, रेल्वे चोक, रत्नचोक, मंगलबारे, वैष्णोदेवी मन्दिर, धरान रंगशाला, जानकी चोक, जिरो प्वाइन्ट, फुस्रे सैनिक स्कुल, विजयपुर चोक, पञ्चकन्या पथ, बुढासुब्बा मन्दिर चोक, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर, आदर्श चोक, भिन्टेज फेमिली रिसोर्ट, तल्लो देउराली चोक हुँदै धरान-धनकुटा राजमार्गको चारकोसे जङ्गल, तिनकुनेलगायत क्षेत्र पार गर्दै धरान-८ स्थित लांघाली सामुदायिक पार्कमा पुगेर समापन हुनेछ ।

कोरा राइडमा सुनसरीसहित झापा, मोरङलगायत जिल्लाबाट तीन सयभन्दा बढी साइक्लिष्ट सहभागी हुने अध्यक्ष मास्केले जानकारी दिए । 

0 Comments