काठमाडौँ । नेपालले एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा युएईले दिएको १०१ रनको लक्ष्य पच्छ्याई रहेको छ ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि युएई निर्धारित २० ओभरको खेलमा १०० रनमा अलअउट भएको थियो ।
मलेसियामा भइरहेको खेलमा यूएइईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालका बलरहरूले कसिलो बलिङ गर्दै युएईका ब्याटरहरुलाई खुलेर खेल्न दिएनन् ।
युएईका लागि मेहुल प्रनव कुलकर्णीले २९ बलमा सर्वाधिक ३० रन बनाइन् । ओपनर लावन्य केनी २५ रन जोडेर आउट भइन् भने ९ नम्बरमा आएकी नेहा कुमारीले ११ बलमा १९ रन जोड्दै युएईको स्कोर उकासेकी थिइन् ।
बलिङतर्फ नेपालकी अनु कठायत र रिया शर्माले ३-३ विकेट लिएका छन् । तिर्सना विश्वकर्माले २ विकेट र मनीषा उपाध्यायले १ विकेट लिए ।







