५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-तराई द्रुतमार्गको प्रगतिप्रति संसदीय समितिमा चासो, निर्माण ढिलो भएको टिप्पणी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले काठमाडौँ-तराई द्रुतमार्ग निर्माणको प्रगति अपेक्षाअनुसार हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा बागमती र मधेश प्रदेशका जिल्लामा गरिएको स्थलगत अनुगमनको समीक्षा गर्दै सांसदहरूले राष्ट्रिय गौरवको यस आयोजनाको निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको धारणा राखेका हुन् ।

बैठकमा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले लामो समयदेखि निर्माणाधीन रहेको द्रुतमार्ग कहिले सम्पन्न हुन्छ भन्ने विषय अझै स्पष्ट हुन नसकेको उल्लेख गरे । निर्माण चार वर्षभित्र सम्पन्न हुने भनिए पनि स्थलगत अनुगमन र प्राविधिकहरूसँग भएको छलफलका आधारमा उक्त अवधिभित्र आयोजना सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ थियो ।

राष्ट्रिय सभा सदस्य युवराज शर्माले निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान गर्न नसक्दा आयोजनामा ढिलाइ भएको बताए । उनले राष्ट्रिय गौरवका आयोजनाको निर्माण गति र आवश्यक बजेट व्यवस्थापनका विषयमा सरकारले थप गम्भीरता देखाउनुपर्ने सुझाव दिए।

समितिले केही समयअघि काठमाडौँ-तराई/मधेश द्रुतमार्ग, नागढुंगा सुरुङमार्ग तथा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रमलगायतका आयोजनाको स्थलगत अनुगमन गरेको थियो ।

समिति सभापति पूजा चौधरीले आगामी बैठकमा उक्त अनुगमनबाट तयार गरिएको प्रतिवेदनमाथि विस्तृत छलफल गरिने जानकारी दिइन् ।

0 Comments