काठमाडौँ। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन् ।
भारतीय जनता पार्टीका अध्यक्ष तथा केन्द्रीय मन्त्री जे.पी.नड्डा र डा.जितेन्द्र सिंहका साथै लेह-लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा उनले अनशन तोडेका हुन्।
उनले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् । उनका अनुसार लामो छलफल, केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो ।
यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले उनलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।
उनले एक्समा लेखेका छन्, ‘सर्तहरूबारे म चाँडै नै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु । त्यसबेलासम्म म सबैसँग जहाँसुकै कुनै पनि प्रकारको हिंसा हुन नदिन र यस विषयमा अत्यन्त सतर्क रहन आग्रह गर्दछु ।’
नीट-यूजी परीक्षाको प्रश्नपत्र लीक भएको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन्। विद्यार्थीहरूको यही माग र आन्दोलनलाई ऐक्यबद्धता जनाउन सोनम वाङचुक विगत २६ दिनदेखि अनशनमा बसेका थिए।
Just now in the presence of Union Ministers Sh. JP Nadda, Dr. Jitendra Singh and the senior leaders of Apex Body of Leh Ladakh I finally broke my fast after 26 days. Earlier 65 members of parliament from different political parties had visited or signed letters urging me to break… pic.twitter.com/RFCet7Oksy
— Sonam Wangchuk (@Wangchuk66) July 23, 2026






