२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थापाथलीमा तिहार विशेष रैथाने मेला सुरु, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आयोजनामा तीनदिने मेला, किसानदेखि महिला तथा युवा उद्यमीसम्मका उत्पादनको प्रदर्शनी र बिक्री

अ अ+ अ-

काठमाडौँ । स्वदेशी उत्पादनको बजारीकरण र स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको थापाथलीमा तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ सुरु भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालनमा ल्याएको हो ।

मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले गरेका छन् । तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको मेला कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । 

नेपाली मौलिक संस्कृति, परम्परागत खाद्य सामग्री तथा रैथाने उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको मेलामा कृषक, कृषक समूह, कृषि सहकारी, महिला तथा युवा उद्यमी र स्थानीय उत्पादकको सहभागिता छ ।

मेलामा २७ वटा प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् । ती कक्षमा तिहारका परम्परागत परिकार, फूलमाला, सजावटका सामग्री, रैथाने बाली, कृषि उपज, हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा तथा अन्य स्वदेशी उत्पादन उपलब्ध छन् । 

कम्पनीले स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजार पहुँच विस्तार गर्दै साना उद्यमी तथा किसानलाई प्रत्यक्ष उपभोक्तासँग जोड्ने लक्ष्य राखेको छ । विशेष गरी स्वदेशी उत्पादनको पहिचान स्थापित गर्ने, उपभोग बढाउने र परम्परागत खाद्य संस्कृतिको संरक्षण गर्ने विषयलाई मेलाले प्राथमिकता दिएको छ ।

मेलामा रैथाने तथा अर्ग्यानिक खाद्य सामग्रीसँगै अल्लोका कपडा, झोला, टोपी र अन्य घरेलु उत्पादनप्रति पनि उपभोक्ताको चासो देखिएको छ । यसले परम्परागत सामग्रीलाई आधुनिक बजारसँग जोड्ने सम्भावना देखाएको छ । 

कम्पनीका प्रवक्ता माधव मिश्रका अनुसार हाल तीन दिनका लागि आयोजना गरिएको मेलालाई आगामी दिनमा प्रत्येक शनिबार र आइतबार नियमित बजारका रूपमा सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ । 

सरकारी स्वामित्वको व्यापारिक संस्थाले स्थानीय उत्पादकलाई बिक्री तथा प्रदर्शनीको अवसर उपलब्ध गराउँदा बिचौलियाबिनै उपभोक्तासँग सम्पर्क विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, यस्तो पहलको दीर्घकालीन प्रभावकारिता नियमित बजार व्यवस्थापन, उत्पादनको गुणस्तर, मूल्य प्रतिस्पर्धा र उत्पादकको निरन्तर सहभागितामा निर्भर रहनेछ ।

कम्पनीले स्थानीय उत्पादन खरिद गर्न, नेपाली उद्यमलाई प्रोत्साहन गर्न तथा स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनमा सहभागी हुन उपभोक्तालाई आग्रह गरेको छ ।

0 Comments