१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले-नेकपा सहकार्यपछि प्रदेश रणनीतिबारे काँग्रेसको सातै प्रदेश नेतृत्वसँग छलफल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच विकसित नयाँ राजनीतिक सहकार्यपछि प्रदेशस्तरमा अपनाइने रणनीतिबारे सातै प्रदेशका शीर्ष नेतृत्वसँग परामर्श गरेको छ।

आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न छलफलमा सभापति गगन थापाले प्रदेश सभापति, प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीहरूसँग वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गरेका हुन्।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार बैठकमा प्रदेश सरकारहरूको अवस्थाको मूल्यांकन, संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग आवश्यकताअनुसार सहकार्य गर्ने सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

उनले प्रदेशगत राजनीतिक अंकगणित र दलहरूको प्रतिनिधित्वका आधारमा सरकारको नेतृत्व गर्ने वा प्रतिपक्षमा रहने भन्ने विषयमा आगामी निर्णय गरिने जानकारी दिए । उनका अनुसार बदलिएको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै प्रत्येक प्रदेशमा फरक रणनीति अवलम्बन गर्ने विषयमा समेत विचारविमर्श भएको छ।

काँग्रेसले एमाले र नेकपाबाहेक संघीय लोकतान्त्रिक व्यवस्था स्वीकार गर्दै निर्वाचन प्रक्रियामा सहभागी भएका अन्य दलहरूसँग संवाद र सहकार्यको सम्भावनालाई पनि खुला राखेको जनाएको छ।

विशेष गरी बागमती, मधेश र गण्डकी प्रदेशमा एमाले र नेकपाको मात्रै संख्या सरकार गठनका लागि पर्याप्त नभएकाले ती प्रदेशमा बहुमत जुटाउने प्रयास तीव्र बनेको छ। यही अवस्थालाई मध्यनजर गर्दै काँग्रेसले पनि सम्भावित सत्ता समीकरणबारे अन्य दलहरूसँग परामर्शलाई निरन्तरता दिएको संकेत देखिएको छ।

मुख्यमन्त्री बानियाँले एमाले-नेकपा समझदारीपछि प्रदेश राजनीतिको स्वरूप परिवर्तन भएकाले त्यसअनुसार काँग्रेसको आगामी भूमिका र रणनीति तय गर्न सभापति थापाको उपस्थितिमा सातै प्रदेशका नेतृत्वसँग समन्वयात्मक छलफल गरिएको बताए।

0 Comments