१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल

अ+ अ-

काठमाडौँ । जोर्डनका उपप्रधानमन्त्री तथा विदेश एवं आप्रवासी मामिला मन्त्री आयमान सफादी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच सोमवार अम्मानमा भेटवार्ता भएको छ ।

जोर्डनको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त भेटमा पछिल्लो क्षेत्रीय घटनाक्रम र सुरक्षाका चुनौतीहरूबारे गहन छलफल भएको थियो ।

भेटका क्रममा दुवै पक्षले अमेरिका र इरानबीचको युद्ध विरामलाई निरन्तरता दिनुपर्ने, तनावको मूल कारण सम्बोधन गर्न वार्ता पुनः शुरु गर्नुपर्ने र स्ट्रेट अफ हर्मुजमा निर्वाध जलयात्रा सुनिश्चित गरिनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

प्यालेस्टाइनी क्षेत्रको तनावपूर्ण अवस्थाबारे चर्चा गर्दै विदेशमन्त्री सफादीले गाजा युद्ध विराम योजनाको तत्काल कार्यान्वयनका लागि आग्रह गरे । उनले मानवीय सहायता सामग्रीको प्रवेशमा इजरायलले लगाएका प्रतिबन्धहरू हटाउनुपर्ने र वेस्ट बैंकमा जारी इजरायली सैन्य कारबाही रोक्न अन्तर्राष्ट्रिय समुदायले थप सक्रिय प्रयास गर्नुपर्नेमा जोड दिए । यसैगरी, दुवै पक्षले प्यालेस्टाइनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत एवं कार्य निकायलाई निरन्तर अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गराउन आह्वान गरेका छन् ।

शरणार्थीहरूलाई अत्यावश्यक सेवा प्रवाह गर्ने यस निकायको कार्यादेशलाई अक्षुण्ण राख्नुपर्ने उनीहरूको निष्कर्ष थियो । छलफलका क्रममा सिरियाको पछिल्लो अवस्थाबारे पनि कुराकानी भएको थियो । दुवै नेताले सिरियाको एकता, सार्वभौमसत्ता, सुरक्षा र स्थिरताको समर्थन गर्दै त्यहाँ भइरहेका इजरायली आक्रमणहरू अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे । भेटको अन्त्यमा जोर्डन र संयुक्त राष्ट्रसंघबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र क्षेत्रीय शान्ति एवं स्थिरताका लागि निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । 

0 Comments