१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली विस्फोटले कूटनीतिक प्रयास र प्रस्तावित सम्झौतामा चुनौती थपेको लेबनानी राष्ट्रपतिको भनाइ

अ+ अ-

काठमाडौँ । लेबनानी राष्ट्रपति जोसेफ आउनले दक्षिण लेबनानमा इजरायलद्वारा गराइएका शक्तिशाली विस्फोटहरूले विद्यमान फ्रेमवर्क सम्झौताको कार्यान्वयनमा गम्भीर अवरोध सिर्जना गरेको बताएका छन् । रोममा आयोजना हुन लागेको त्रिपक्षीय बैठकको पूर्वसन्ध्यामा भएका यी आक्रमणहरूले कूटनीतिक वार्तालाई जोखिममा पारेको उनको ठहर छ । शुक्रवार एक आधिकारिक वक्तव्य जारी गर्दै राष्ट्रपति आउनले भने, ‘त्रिपक्षीय फ्रेमवर्क कार्यान्वयनका विषयमा छलफल गर्न रोममा तय भएको सत्रको ठीक अगाडि यी आक्रमणहरू हुनुले नकारात्मक सन्देश प्रवाह गरेको छ । यसले स्थिरता सुदृढ गर्ने उद्देश्यले भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरूलाई कमजोर बनाएको छ ।’

लेबनानको सरकारी समाचार एजेन्सीकाअनुसार शुक्रवार बिहान दक्षिण लेबनानको ऐतिहासिक ब्यूफोर्ट क्यासल वरपर इजरायलले शक्तिशाली विस्फोट गराएको थियो । उक्त विस्फोटका कारण नजिकैका सर्वसाधारणका घरहरूमा क्षति पुगेको छ भने दक्षिण लेबनानका ठूला हिस्सामा यसको कडा धक्का महसुस गरिएको थियो । 

राष्ट्रपति आउनले इजरायलद्वारा पूर्वाधार र सांस्कृतिक सम्पदाहरूलाई लक्षित गरी भइरहेका निरन्तर आक्रमणको कडा निन्दा गरे । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत ब्यूफोर्ट क्यासल क्षेत्रमा भएको यस आक्रमणले सर्वसाधारणको सुरक्षा र दक्षिण क्षेत्रका गाउँहरूको स्थिरतामा गम्भीर खतरा पैदा गरेको उनले बताए । 

लेबनानको नेशनल सेन्टर फर जियोफिजिक्सलाई उद्धृत गर्दै राष्ट्रपतिले उक्त विस्फोटबाट ३।८ म्याग्निच्युडको भूकम्प बराबरको कम्पन उत्पन्न भएको जानकारी दिए । उनले यस घटनालाई खतरनाक उत्तेजना, विद्यमान प्रतिविद्धताहरूको ठाडो उल्लंघन र फ्रेमवर्क सम्झौतामाथिको प्रत्यक्ष प्रहारका रूपमा चित्रण गरे । 

0 Comments