काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कार्यसम्पादन समितिको बैठक बुधबारका लागि बोलाएको छ। पार्टीका अनुसार बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी महाधिवेशनको तयारी, विभिन्न तहका संगठनात्मक अधिवेशन तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने जानकारी दिए।
बैठकले महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा आवश्यक निर्णयसमेत गर्ने अपेक्षा गरिएको छ।






