२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

अ+ अ-

दाङ । दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । 

दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३३६ हेक्टर छ । झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन । यहाँ ३७ हजार २२५ हेक्टर जमिनमा रोपाइँ हुने गरेको छ । आजसम्म ३४ हजार ९९१ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । 

देउखुरी उपत्यकाको लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ । घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा छ हजार ७९५ हेक्टर, दङ्गीशरण गाउँपालिकामा तीन हजार ४१२ हेक्टर, गढवा गाउँपालिकामा तीन हजार २८० हेक्टर, लमही नगरपालिकामा तीन हजार २५० हेक्टरमा धानखेती गरिन्छ ।  

त्यसैगरी, राप्ती गाउँपालिकामा तीन हजार २४५ हेक्टर, राजपुर गाउँपालिकामा तीन हजार १०३ हेक्टर, शान्तिनगर गाउँपालिकामा दुई हजार ७५० हेक्टर, बबई गाउँपालिकामा दुई हजार १५० हेक्टर तथा बङगलाचुली गाउँपालिकामा एक हजार १४३ हेक्टर क्षेत्रमा धान खेती गरिँदै आएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषिप्रसार अधिकृत आशा भण्डारीले राससलाई बताए । 

यहाँका किसानले सावित्री, मनसुली, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगाएतका वर्णशंकर जात र कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२, सुक्खा–३ जातका बीउ रोपाइँ गरिन्छ ।  

 त्यस्तै यहाँको स्थानीय तिल्की र सिम्ठारो धान पनि केही किसानले खेती गरेको पाइन्छ । गत वर्ष दाङमा ३५ हजार तीन सय २८ हेक्टर जमिनमा एक लाख ४४ हजार २६४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

0 Comments