२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण टर्कीमा १८ सय वर्ष पुरानो दुर्लभ मूर्तिकला फेला

अ+ अ-

दक्षिण टर्की । दक्षिण टर्कीको प्राचीन सहर एस्पेन्डोसमा पुरातत्वविद्हरूले १८ सय वर्ष पुरानो मार्बलको एक दुर्लभ मूर्ति समूह फेला पारेका छन् ।

 यस महत्त्वपूर्ण खोजले रोमन साम्राज्यको समयमा प्रचलित उपचार पद्धति र धार्मिक विश्वासका बारेमा नयाँ तथ्यहरू उजागर गरेको अधिकारीहरूले जनाएका छन् । टर्कीका संस्कृति तथा पर्यटन मन्त्री मेहमेट नुरी एर्सोयले बिहीवार सामाजिक सञ्जालमार्फत उक्त खोजको जानकारी दिँदै २.२ मिटर अग्लो सो मूर्तिकलाले प्राचीन चिकित्साका देवता एस्क्लिपियस र उनका छोरा टेलस्फोरसलाई चित्रण गरेको बताएका छन् ।

टेलस्फोरसलाई रोग निको पार्ने र स्वास्थ्य लाभ गराउने बाल–देवताका रूपमा मानिन्छ । यो कलाकृति थिएटर स्ट्रिटस्थित मोन्युमेन्टल गेटको उत्तरी भागमा जारी उत्खननका क्रममा फेला परेको हो । उक्त उत्खनन कार्य टर्की सरकारको भविष्यका लागि सम्पदा अभियान अन्तर्गत सञ्चालन गरिएको हो । यो कार्यक्रम टर्कीका सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न र वर्षभरि पुरातात्त्विक अनुसन्धानलाई निरन्तरता दिने उद्देश्यले ल्याइएको हो । 

मन्त्री एर्सोयकाअनुसार ईस्वी संवत दोस्रो शताब्दीको उत्तरार्द्धको मानिएको यो मूर्तिकलाले रोमन साम्राज्यकालीन कलाको विशिष्ट शैली झल्काउँछ । यसमा आकृतिहरूको मुद्रा, कपडाको बुट्टा र एस्क्लिपियसको कपाल एवं दाह्रीमा गरिएको मिहिन बुट्टाले तत्कालीन उत्कृष्ट शिल्पकारिता प्रदर्शन गरेको छ । अन्टाल्या प्रान्तमा अवस्थित प्राचीन शहर एस्पेन्डोस टर्कीकै सबैभन्दा सुरक्षित ऐतिहासिक स्थलहरूमध्ये एक मानिन्छ । यो शहर विशेष गरी आफ्नो भव्य रोमन थिएटरका लागि विश्वप्रसिद्ध छ । 

0 Comments