काठमाडौँ । हेटौँडा उपमहानगरपालिकालाई सुन्दर, सफा, र हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ ।
पालिकाले नगरलाई चालु आर्थिक वर्ष २०८३-८४ लाई पर्यटन वर्ष घोषणा गरेका कारण आजदेखि शून्य फोहर महाअभियान सुरु गरिएको हो ।
पालिका आसपासका सबै क्षेत्र, सरकारी कार्यालय, वडा कार्यालय, बैंक, विद्यालयलगायत संघ-संस्था र विभिन्न कार्यालयमा बिहान ९:०० बजेदेखि १०:०० बजेसम्म कार्यालय परिसरमा सरसफाइ गरी महाअभियान सुरु गरिएको वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले बताइन् ।






