काठमाडौँ । सत्ता समीकरणमा आएको परिवर्तनसँगै कोशी प्रदेश सरकारमा रहेको नेपाली काँग्रेस बाहिरिएको छ। काँग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार राजीनामा दिएका छन्।
नेकपा एमाले र नेकपाबीच नयाँ राजनीतिक सहकार्य बनेपछि काँग्रेसका मन्त्रीहरूलाई सरकारबाट बाहिरिन दबाब परेको थियो। सोहीअनुसार काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका हुन्।
कोशी प्रदेश सरकारमा काँग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए।
काँग्रेस सरकारबाट बाहिरिएसँगै नयाँ सत्ता समीकरणअनुसार नेकपा प्रदेश सरकारमा सहभागी हुने भएको छ। यससँगै कोशी प्रदेश मन्त्रिपरिषद्को संरचनामा समेत परिवर्तन हुने भएको छ।






