२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंगोलियाको झन्डै ८२ प्रतिशत भू-भाग मरुभूमीकरण र भूमि क्षयबाट प्रभावित

अ+ अ-

मंगोलिया । मंगोलियाको कूल भू-भागको कम्तीमा ८१.९ प्रतिशत क्षेत्र कुनै न कुनै रूपमा मरुभूमीकरण र भूमि क्षयबाट प्रभावित भएको पाइएको छ ।

मंगोलियाको वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयले बुधवार सार्वजनिक गरेको नयाँ राष्ट्रिय मूल्यांकन प्रतिवेदनले यस्तो डरलाग्दो तथ्य उजागर गरेको हो । मन्त्रालयकाअनुसार सन् १९८९ मा मंगोलियाको पहिलो मरुभूमीकरण नक्सा तयार पारिएयता राष्ट्रियस्तरमा आवधिक रूपमा यस्ता अध्ययनहरू हुँदै आएका छन् । सन् १९९१ देखि २०२५ सम्म संकलित तथ्यांकका आधारमा तयार पारिएको यो छैटौँ राष्ट्रिय मूल्यांकन प्रतिवेदन हो। आगामी अगस्ट १७ देखि २८ सम्म राजधानी उलानबटोरमा आयोजना हुन लागेको मरुभूमीकरण विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको १७ औँ सम्मेलनको पूर्वसन्ध्यामा यो प्रतिवेदन सार्वजनिक गरिएको हो । 

प्रतिवेदनको विस्तृत विवरणअनुसार, देशको कूल भूभागमध्ये ०.९ प्रतिशत क्षेत्रमा अति गम्भीर, ६.२ प्रतिशतमा गम्भीर, ४२.९ प्रतिशतमा मध्यम र ३१.९ प्रतिशत भूभागमा सामान्य भूमि क्षय भएको छ । बाँकी १८.१ प्रतिशत भू-भागमा भने मरुभूमीकरण वा भूमि क्षयको कुनै प्रभाव नदेखिएको उल्लेख छ । अध्ययनले मंगोलियामा जलवायु परिवर्तनको प्रभाव तीव्र बन्दै गएको निष्कर्ष निकालेको छ। भूमि क्षयसँगै पानीको अभाव, वनस्पतिको आवरणमा आएको परिवर्तन र पशुपालनका लागि चरिचरनको बढ्दो चापले वातावरणीय संकट निम्त्याइरहेको प्रतिवेदनमा औँल्याइएको छ ।  

तथ्यांकअनुसार सन् १९४१ देखि २०२५ को अवधिमा मंगोलियाको वार्षिक औसत वायु तापक्रम २.५ डिग्री सेल्सियसले वृद्धि भएको छ । यसैगरी, ५३.५ प्रतिशत भू-भागमा खडेरीको तीव्रता बढ्दो क्रममा छ । देशको ५४.८ प्रतिशत क्षेत्र जलजन्य क्षय र ३४.३ प्रतिशत क्षेत्र वायुजन्य भूक्षयको उच्च जोखिममा रहेको पाइएको छ । 

प्रतिवेदनले माटोको चिस्यानमा आएको ह्रासलाई पनि प्रमुख समस्याका रूपमा देखाएको छ । मंगोलियाको ९३.३ प्रतिशत भू-भागमा माटोको ओस घट्दै गएको र २२.३ प्रतिशत क्षेत्रमा वनस्पतिको उत्पादकत्वमा ह्रास आएको छ । मरुभूमीकरण र भूमि क्षय हुनुमा प्राकृतिक कारकहरूका साथै जलवायु परिवर्तन र मानवीय क्रियाकलापको संयुक्त प्रभाव जिम्मेवार रहेको वैज्ञानिकहरूको ठहर छ ।  

0 Comments