६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छ’: झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन् । 

पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाएका हुन् । २०६२/६३ को परिवर्तनपछि नेपाली काँग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले रास्वपा त्यस्तो शक्तिका रूपमा अघि आएको उनको दाबी छ । उनले कम्युनिष्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको बताए । उनले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको पनि आरोप लगाए । सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उनको आरोप छ । सरकारका आर्थिक नीतिहरू माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उनले दाबी गरे । उनले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको बताए । उनले कम्युनिष्ट पार्टीका नेतृत्वले विगतमा गरेका कमजोरीका कारण सर्मनाक हार व्यहोर्नुपरेको बताए । बाह्य शक्तिको प्रभाव भए पनि त्यसलाई गौण कारणका रूपमा मात्रै हेर्नुपर्ने उनको भनाई छ । उनले विगतमा कम्युनिस्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको बताए । विदेशिएका श्रमिक र असन्तुष्ट जनतालाई विभिन्न शक्तिले आफ्नो पक्षमा परिचालन गरेको आरोप लगाए । उनले वर्तमान सरकारले जनताको हितमा कुनै काम गर्न नसक्ने पनि बताए । वर्तमान सरकारका नीतिका कारण सुकुम्वासी, विद्यार्थी, मजदुर तथा पत्रकार समस्यामा परेको उनको भनाई छ ।

उनले भने,  ‘हिजो राजतन्त्र रहुञ्जेल हामी मुख्य शत्रु नै भन्थ्यौँ । अब अहिले यो संसदीय व्यवस्था छ । संसदीय व्यवस्था भएको हुनाले हामीले मुख्य शत्रु भन्नुभन्दा पनि मुख्य प्रतिद्वन्द्वी भन्छौँ, हिजो नेपाली काँग्रेस थियो एक बेलामा । खासगरी अब ६२/६३ को परिवर्तनपछिको अवधिमा मुख्य दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि हुन्थ्यो । अहिले त्योभन्दा बढी रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएर प्रकट भएको छ र सत्ता उसको हातमा छ । उसले व्यापक दमन–मर्दन सुरु गरेको छ । उसले जुन नीति कार्यक्रम ल्यायो, त्यसले आम जनता, तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन, नीति । सबै माथिल्लो वर्गको हितमा ल्याएको छ । बजेट ल्यायो, जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ । यी कर भारहरू हेर्नुस्, यति धेरै कर भारहरू अहिले जनतामाथि थोपरिएको छ, त्यो माथिल्लो वर्गको हितमा मात्रै छ । त्यसो हुनाले यति बेलाको अवस्थामा वर्गीय रूपले यो मुख्य प्रतिद्वन्द्वी शक्तिको रूपमा चाहिँ हाम्रासामु आएको छ ।’

उनले सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर नयाँ ढंगले समाजवादी क्रान्ति तथा रूपान्तरणको आन्दोलन अघि बढाउन लाग्नुपर्नेमा जोड दिए । विगतका कमी कमजोरी सच्याएर अगाडी बढेमा कम्युनिष्ट पार्टीले सफलता हासिल गर्ने उनको भनाई छ । 

0 Comments