काठमाडौँ । सरकारले नेपाल लेखापरीक्षण सेवाका नायव महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो।
भण्डारी नेपाल लेखापरीक्षण सेवातर्फ नायब महालेखापरीक्षकका रूपमा कार्यरत थिए। मन्त्रिपरिषद्को निर्णयसँगै उनी विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा भएका हुन्।



