१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्ला अस्पतालका समस्या उठाएका डा. तिवारीको सरुवा, भने– विदेश नजानु मेरो गल्ती थियो

‘हेर्ने कथा’मार्फत जिल्ला अस्पताल हुम्लाका समस्या उठाएका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. उमाकान्त तिवारीले सरुवाप्रति असन्तुष्टि जनाउँदै विदेश नजानुलाई आफ्नो गल्तीको संज्ञा दिएका छन्।

अ+ अ-

काठमाडौँ । जिल्ला अस्पताल हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. उमाकान्त तिवारी प्रदेश अस्पताल सुर्खेत सरुवा भएका छन्।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सोमबार उनको सरुवा गरेको हो।

केही समयअघि ‘हेर्ने कथा’मार्फत जिल्ला अस्पताल हुम्लाको अवस्था तथा त्यहाँका समस्या सार्वजनिक रूपमा उठाएका तिवारीले सरुवापछि सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “बधाई सबैलाई… ‘बाहुबली’को कटप्पा पाराले मलाई धुलाई गरेको! राम्रो होस् कर्णालीको स्वास्थ्य! विदेश नजानु मेरो गल्ती थियो!”

‘हेर्ने कथा’को हुम्लासम्बन्धी सामग्रीमा अस्पतालको सेवा, जनशक्ति र भौतिक अवस्थालगायत विषय उठेपछि डा. तिवारीले त्यहाँको अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए।

उनले भनेका थिए, “दरबन्दीअनुसारका विशेषज्ञ डाक्टरले हुम्लामा पाइलै टेकेका छैनन्। शल्यक्रिया गर्ने जनशक्ति छैन। औषधि खरिदमा समस्या छ। प्रदेशले औषधि पठाउँदा जहिल्यै म्याद गुज्रिसकेको हुन्छ। आवश्यक सिटामोलसमेत छैन। धारामा पानी छैन। पानी माग्दा पनि अन्य निकायमा पठाइन्छ, अस्पताललाई दिइँदैन। यहाँको प्रणाली खराब छ। यसलाई सुधारौँ भन्छु।”

दुर्गम क्षेत्रमा सीमित स्रोतसाधनबीच स्वास्थ्य सेवा दिँदै आएका डा. तिवारीले अस्पतालमा विद्यमान जनशक्ति, पूर्वाधार तथा स्वास्थ्य उपकरणसम्बन्धी समस्या निरन्तर उठाउँदै आएका थिए। ‘हेर्ने कथा’मा सामग्री प्रसारण भएपछि जिल्ला अस्पताल हुम्लाको अवस्था सार्वजनिक चासोको विषय बनेको थियो।

0 Comments