२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ’-मुख्यमन्त्री भट्ट

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

आज यहाँ आयोजित निजी क्षेत्र र प्रदेश सरकारबीच बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकतासाथ सम्बोधन गर्ने बताएका हुन् ।

मुख्यमन्त्री भट्टले प्रदेशको ‘रातो किताब’ रकम वितरण गर्ने पुलिन्दा नभई प्रदेशको समृद्धिको मार्गचित्र बन्नुपर्ने धारणा व्यक्त गरे । “बजेटले प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ । त्यसका लागि यस पटकको बजेटमा हाम्रो प्रयास रहन्छ”, उनले भने ।

मुख्यमन्त्री भट्टले सुशासनमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रदेशमा रहेका बेथिति र अनियमितता नियन्त्रण गर्न सरकार निर्मम भएर अघि बढ्ने बताए । बेथितिका विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट गर्दै उनले सुदूरपश्चिमको विकास र रूपान्तरणका लागि पनि सबै पक्ष गम्भीर भएर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । प्रदेश निर्माणको अभियानमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । 

अन्तरक्रियामा निजी क्षेत्रका व्यवसायीले सुदूरपश्चिममा रहेका सम्भावना तथा आफूहरूले भोग्दै आएका समस्या र चुनौतीबारे धारणा राखेका थिए । उनीहरूले कृषि, उद्योग तथा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। 

सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टलगायतको सहभागिता थियो ।

0 Comments