२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश पठाइएका श्रमिकको अवस्था खुल्ने विवरण बुझाउन म्यानपावर कम्पनीलाई निर्देशन

श्रमिक गन्तव्य मुलुक पुगे-नपुगेको तथा सम्झौताअनुसार काम, तलब र सेवा-सुविधा पाए-नपाएको विवरण असोज २१ गतेभित्र बुझाउन विभागले निर्देशन दिएको छ।

अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइएका नेपाली श्रमिकको अवस्थासम्बन्धी अद्यावधिक विवरण अनिवार्य रूपमा पेस गर्न इजाजतपत्रप्राप्त म्यानपावर कम्पनीहरूलाई निर्देशन दिएको छ।

विभागले श्रमिकको हकहित र सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित विवरण असोज २१ गतेभित्र संस्था अनुगमन शाखामा उपलब्ध गराउन भनेको हो। निर्देशन पालना नगर्ने संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

तीन-तीन महिनामा विवरण बुझाउनुपर्ने
विभागले गत असारमै म्यानपावर कम्पनीहरूलाई आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकको अवस्थाबारे प्रत्येक तीन महिनामा प्रगति विवरण बुझाउन निर्देशन दिएको थियो। सोही निर्देशन कार्यान्वयनका लागि विभागले पुनः ताकेता गरेको हो।

विभागका अनुसार इजाजतपत्रप्राप्त संस्थाले विदेश पठाएका प्रत्येक श्रमिक सम्बन्धित गन्तव्य मुलुकमा सुरक्षित रूपमा पुगे-नपुगेको यकिन गर्नुपर्नेछ। त्यसका लागि श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी उडान भएको १५ दिनभित्र अवस्था बुझ्न भनिएको छ।

काम, तलब र सुविधाबारे पनि जानकारी लिनुपर्ने
म्यानपावर कम्पनीले श्रमिकले वैदेशिक रोजगार सम्झौताअनुसार काम पाए-नपाएको तथा तोकिएको तलब र अन्य सेवा-सुविधा प्राप्त गरे-नगरेको विवरणसमेत संकलन गर्नुपर्नेछ।

यसरी संकलित विवरण श्रमिक उडेको २० दिनभित्र विभागको संस्था अनुगमन शाखामा इमेलमार्फत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

विभागले श्रमिकको अवस्था नियमित रूपमा अद्यावधिक नगर्ने तथा मागिएको विवरण नबुझाउने म्यानपावर कम्पनीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

0 Comments