१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वव्यापी हवाई सञ्जालमा एशिया-प्रशान्त क्षेत्रको वर्चश्व: क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा

अ अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल(कनेक्टिभिटी) मा एशिया-प्रशान्त क्षेत्रका विमानस्थलहरूले विश्वमै अग्रणी स्थान ओगटेका छन् ।

विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ‘ओएजी’ ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार विश्वका शीर्ष २० कनेक्टिभिटी भएका विमानस्थलमध्ये आठवटा एशिया–प्रशान्त क्षेत्रकै परेका छन् । ओएजीद्वारा जारी ‘मेगाहब्स’ प्रतिवेदनअनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा समग्र एशियाली क्षेत्रमा पहिलो स्थानमा रहन सफल भएको छ । उक्त विमानस्थलबाट हाल विश्वका १५४ वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा प्रत्यक्ष हवाई सम्पर्क कायम रहेको प्रतिवेदनले देखाएको छ । 

यसले दक्षिणपूर्वी एशियाली उड्डयन बजारलाई विश्व सञ्जालसँग जोड्न क्वालालम्पुरले खेलेको रणनीतिक भुमिकालाई पुष्टि गर्दछ । प्रतिवेदनमा औंल्याइएअनुसार एशिया–प्रशान्त क्षेत्रका शीर्ष १० विमानस्थलहरूमा कुनै एउटा मात्र प्रमुख वायुसेवा कम्पनीको एकाधिकार न्यून रहेको छ ।

 यहाँका शीर्ष विमानस्थलहरूमा प्रमुख विमान कम्पनी (डोमिनेन्ट क्यारियर) को औसत हिस्सा ३३ प्रतिशत मात्र रहेको पाइएको छ, जुन विश्वका अन्य विकसित क्षेत्रहरूको तुलनामा निकै कम हो । यसले उड्डयन बजारमा एकल वर्चश्वको सट्टा तिब्र र स्वस्थ प्रतिस्पर्धा रहेको स्पष्ट पार्छ । 

ओएजीका विश्लेषकहरूकाअनुसार दक्षिणपूर्वी तथा उत्तरपूर्वी एशियाली मुलुकहरूमा पूर्ण–सेवा प्रदायक (फुल–सर्भिस) तथा बजेट एयरलाइन्स (लो–कस्ट क्यारियर)दुवैको सन्तुलित र प्रभावकारी उपस्थिति रहेको छ । 

विभिन्न वर्ग र आवश्यकताका यात्रुहरूलाई लक्षित गरी सञ्चालन गरिएका यी विविध वायुसेवा कम्पनीहरूको उपस्थितिले गर्दा नै यस क्षेत्रमा हवाई सम्पर्क सञ्जाल सर्वाधिक फराकिलो र सुदृढ बन्न पुगेको निष्कर्ष प्रतिवेदनको छ ।

0 Comments