१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा मोटरसाइकल र स्कुटर ठोकिँदा एक जनाको मृत्यु, दुई घाइते

अ अ+ अ-

काठमाडौँ । काठमाडौँको थापाथली नजिकै मोटरसाइकल र स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

काठमाडौँ महानगरपालिका-११ स्थित थापाथली राम मन्दिरबाट रोजबड स्कुल जाने पुल नजिकै बुधबार राति ११: ५३ बजे बा ४१ प ४७०८ नम्बरको पल्सर मोटरसाइकल र बा.प्र.०२-०६२ प ९६३१ नम्बरको स्कुटर आपसमा ठोकिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक रौतहटको कटहरीया नगरपालिका-२ घर भएका २७ वर्षीय चन्द्रमा दास तत्माको उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। दुर्घटना लगत्तै उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएका उनलाई आइसियुको अभाव भएपछि अन्नपूर्ण अस्पताल रिफर गरिएको थियो। अन्नपूर्ण अस्पतालमा उपचारकै क्रममा राति १:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतकको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ।

दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन्। मोटरसाइकलमा सवार रौतहटकै ३० वर्षीय दिपेन्द्र दासको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको दाहिने आँखिभौँमाथि चोट लागेको र हाल बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

यस्तै, स्कुटरको पछाडि सवार सर्लाहीको मलङ्गवा नगरपालिका–७ घर भई हाल शङ्ख मूल बस्ने ३७ वर्षीय मोहन शाहको दाहिने खुट्टामा सामान्य चोट लागेको छ। बोल्न सक्ने अवस्थामा रहेका उनलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ।

चितवनको कालिका नगरपालिका–५ स्थायी घर भई हाल शङ्ख मूल बस्ने २३ वर्षीय स्कुटर चालक सुदीप श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारी साधनसहित चालकलाई प्रहरी वृत्त सिंहदरबारको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0 Comments