१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदीद्वारा भारतीय पाइलटको प्रशंसा

अ अ+ अ-

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई-तेल अभिभ उडानमा सह–पाइलटसँग विमानको नियन्त्रणका लागि संघर्ष गर्दा घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरको साहसको प्रशंसा गरेका छन् । उनले क्याप्टेन मच्छरलाई ‘नायक’ भन्दै गम्भीर खतराबीच पनि अरूको ज्यान जोगाउन उनले देखाएको साहस र दृढताको प्रशंसा गरेका छन् ।

फ्लाईदुबईको उक्त उडानमा रहेका सबै १७४ यात्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ । सञ्चारमाध्यमका अनुसार तीमध्ये १६६ जना इजरायली नागरिक थिए । विमानमा सह–पाइलटसँगको संघर्षका क्रममा क्याप्टेन मच्छर घाइते भएका थिए ।

मोदीले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा गम्भीर रूपमा घाइते भए पनि क्याप्टेन मच्छरले असाधारण साहस र अटुट संकल्पका साथ अरूको जीवन रक्षा गरेको बताएका छन् । उनको वीरताले ठूलो दुर्घटना रोक्न र सयौँको ज्यान जोगाउन सहयोग पुगेको उल्लेख गर्दै मोदीले क्याप्टेन मच्छरको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि क्याप्टेन मच्छरको असाधारण बहादुरीको प्रशंसा गरेका थिए । घाइते अवस्थामा पनि उनले विमानमा हुन सक्ने ठूलो दुर्घटना रोक्न संघर्ष गरेको नेतान्याहुले बताए ।

भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय क्याप्टेन मच्छर मुम्बईका छन् । उनका अभिभावक उपचाररत उनलाई भेट्न साउदी अरेबिया पुगेको बताइएको छ । मच्छरसँग बोइङ–७३७ विमानमा १३ वर्षभन्दा बढीको व्यावसायिक उडान अनुभव रहेको र सन् २०२२ देखि फ्लाईदुबईका लागि उडान गर्दै आएको उनको लिङ्क्डइन विवरणमा उल्लेख छ । उनले यसअघि भारतीय एयरलाइन्स स्पाइसजेटमा पनि काम गरेका थिए । क्याप्टेन मच्छरले सन् २०२५ मा एक पोडकास्टमा आफ्नो पाइलट बन्ने यात्राबारे बताएका थिए । परिवारको कपडा व्यवसायमा सहयोग गर्न व्यवस्थापन अध्ययन गरिरहेका बेला एउटा सेमिनारमा सहभागी भएपछि आफू उड्डयन क्षेत्रमा आकर्षित भएको उनले बताए। पहिलो व्यावसायिक उडानलाई जिम्मेवारीका कारण चुनौतीपूर्ण अनुभवका रूपमा स्मरण गर्दै उनले उडान क्षेत्रमा काम गर्दा दबाब सामना गर्न सिकेको बताएका थिए । “तनावले कम्तीमा यस उद्योगमा मद्दत गर्ने छैन”, उनले भनेका थिए ।

0 Comments