१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद रिजालको प्रश्न : ‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कति भूभाग मिचेको रहेछ, तथ्यांक निकाल्नुभयो ?’

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद घनश्याम रिजालले सरकारको परराष्ट्र कूटनीति, शासन सञ्चालन तथा गैरकानूनी धरपकडको विषयलाई लिएर सरकारको चर्को आलोचना गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद रिजालले सरकारको कार्यशैलीप्रत्ति आपत्ति जनाउँदै आलोचना गरेका हुन् ।

उनले नेपालले भारतको कति सीमा मिचेको हरेछ ? भन्दै शुरुमै प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न गरे । उनले मिचेको नभेटिए संसदमा आएर क्षमायाचना गर्न समेत प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराए । सांसद रिजालले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा प्रधानमन्त्रीको अन्य देशका सरकार प्रमुखसँग द्विपक्षीय साइडलाइन वार्ता हुन नसकेको विषयमा पनि प्रश्न उठाए । यस्तो अवस्था सिर्जना हुनु सरकारको कूटनीतिक कमजोरीका कारण भएको हो वा अन्य देशले नेपाललाई महत्व नदिएका हुन् भन्ने कुरा स्पष्ट पार्न समेत माग गरे ।

उनले सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण विधेयक समयमै संसदमा पेस नगरी अध्यादेशको बाटो रोजेको भन्दै आपत्ति समेत जनाए । उनले कानून निर्माणमा राष्ट्रिय सभाले बाधा पुर्‍याइरहेको छ भन्ने भाष्य निर्माण गर्न खोजिएकोप्रति पनि आपत्ति जनाएका छन् ।

उनले सरकारले मन्त्रालयको संख्या १७ वटामा झारे पनि स्वकीय सचिवको संख्या १ सय २८ पुर्‍याएको भन्दै यसलाई सुशासन र मितव्ययिताको कुन आधारमा व्याख्या गर्ने ? भन्दै प्रश्न गरे । सांसद रिजालले राजनीतिक पूर्वाग्रहका आधारमा धरपकड भइरहेको आरोप लगाउँदै त्यसको निरन्तरता कहिलेसम्म हो ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू, हाम्रो देशले भारतको कहाँ, कुन र कति भूभाग मिचेको रहेछ ? तथ्यांक निकाल्नुभयो ? होइन भने किन संसदमा आएर आफ्ना भनाइलाई सच्याउनुहुन्न ? राष्ट्रसंघीय महासभाको दौरान प्रधानमन्त्रीज्यूको अन्य देशका सरकार प्रमुखहरूसँग द्धिपक्षी रूपमा साइडलाइन वार्ता हुन नसक्नुको कारण के हो ? के हाम्रो सरकारको कूटनीतिक कमजोरी हो ? वा अन्य देशले नेपाललाई महत्व नदिएका हुन् ? सरकारले महत्वपूर्ण विधेयकहरू समयमै संसदमा टेबुल गर्न छाडेर किन अध्यादेशको बाटो रोजेको हो ? कानून बनाउन बाधा पुर्‍याइरहेको छ भनेर राष्ट्रिय सभालाई किन झुटो आरोप लगाउन खोजिँदै छ ? मन्त्रालयहरू १७ वटामा झारेर मितव्ययिता भयो तर स्वकीय सचिवहरू १ सय २८ जना पुर्‍याउनु सुशासनको कुन गणित हो ? राजनीतिक पूर्वाग्रहका रूपमा चलिरहने धरपकड कहिलेसम्म चलिरहन्छ ? जेनजीहरुलाई देखाएर किन भ्रम र त्रास फैलाउन खोजिँदै छ ? सरकारले किन जेनजी समुदायलाई बदनाम र उत्तेजित बनाउन खोज्दै छ ? सरकारले सञ्चारमाध्यमलाई किन विश्वास गर्न नसकेको हो ? सरकारी कामको प्रचारमा सत्तारुढ दलको सांसदलाई नै समाचार वाचन गराउनुपर्ने परिस्थिति कसरी सिर्जना भयो ?’

उनले जेन जेड समुदायलाई देखाएर भ्रम र त्रास फैलाउने तथा जेन जेड समुदायलाई बदनाम र उत्तेजित बनाउने प्रयास भइरहेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सरकारले सञ्चारमाध्यममाथि विश्वास गर्न नसकेर सत्तारुढ दलकै सांसदलाई समाचार वाचन गराएको प्रति पनि प्रश्न उठाएका छन् ।

0 Comments