२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भत्किँदै पोखरा महानगरको क्षतिग्रस्त प्रशासनिक भवन, ६५ करोडमा नयाँ भवन बनाउने तयारी

क्षतिग्रस्त भवन एक वर्षभन्दा बढी समय अलपत्र परेपछि हटाउन थालिएको छ। मासिक ७ लाख ५४ हजार रुपैयाँ भाडा तिरेर सेवा दिइरहेको महानगरले करिब २ अर्बको पुरानो योजना संशोधन गरी ६५ करोडमा नयाँ प्रशासनिक भवन बनाउने तयारी गरेको छ।

अ अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिकाले न्युरोडस्थित क्षतिग्रस्त मुख्य प्रशासनिक भवन भत्काउन सुरु गरेको छ। २०८२ भदौको आन्दोलनका क्रममा क्षति पुगेपछि प्रयोगविहीन बनेको भवन एक वर्षभन्दा बढी समयपछि हटाउन थालिएको हो।

महानगरले भवन भत्काउने जिम्मा सेसिका सप्लायर्सलाई दिएको छ। पुरानो भवन हटाउने कामसँगै लामो समयदेखि अन्योलमा रहेको नयाँ प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

मासिक साढे सात लाखभन्दा बढी भाडाको भार
मुख्य प्रशासनिक भवन क्षतिग्रस्त भएपछि महानगरपालिकाले नयाँबजारस्थित भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको छ। त्यसका लागि महानगरले मासिक ७ लाख ५४ हजार रुपैयाँ भाडा तिर्दै आएको छ।

लामो समयसम्म भाडाको भवनबाट प्रशासनिक सेवा सञ्चालन गर्दा महानगरमाथि नियमित आर्थिक भार थपिएको छ। यही भार घटाउँदै आफ्नै प्रशासनिक संरचनाबाट सेवा सञ्चालन गर्ने उद्देश्यले नयाँ भवन निर्माणलाई प्राथमिकतामा राखिएको हो।

दुई अर्बको योजना घटेर ६५ करोडमा
महानगरले यसअघि पोखरा महानगरपालिका-१७, बिरौटामा सुविधा सम्पन्न प्रशासनिक केन्द्र निर्माण गर्ने योजना अघि सारेको थियो। उक्त योजनाको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ थियो।

तर संघीय तथा प्रदेश सरकारबाट अपेक्षित बजेट जुट्न नसक्नु र महानगरको आफ्नै स्रोतसमेत सीमित भएपछि योजना कार्यान्वयनमा जान सकेन। लामो समयसम्म निर्माण प्रक्रिया अघि बढ्न नसकेपछि महानगरले लागत घटाएर नयाँ डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ।

कार्यपालिका बैठकबाट संशोधित डीपीआर स्वीकृत भइसकेको छ। नयाँ योजनाअनुसार करिब ६५ करोड रुपैयाँ अनुमानित लागतमा प्रशासनिक भवन निर्माण गर्ने तयारी गरिएको छ।

महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार नयाँ डीपीआरका आधारमा अब निर्माण प्रक्रिया छिट्टै अघि बढाइनेछ।

नयाँ भवन बने पनि सबै सेवा एकै ठाउँमा नहुने
नयाँ प्रशासनिक भवन निर्माण भएपछि पनि महानगरका सबै महाशाखा एउटै परिसरबाट सञ्चालन हुने छैनन्।

योजनाअनुसार कृषि महाशाखालाई मालेपाटनबाटै सञ्चालन गरिनेछ भने स्वास्थ्य महाशाखा साबिकको लेखनाथ नगरपालिकाको भवनबाट सञ्चालन हुनेछ। अन्य प्रमुख प्रशासनिक सेवा भने नयाँ भवनबाट सञ्चालन गर्ने तयारी छ।

क्षतिग्रस्त भवन हटाउने काम सुरु भएसँगै महानगरको लामो समयदेखि रोकिएको प्रशासनिक भवन निर्माण योजनाले पुनः गति लिने देखिएको छ। तर नयाँ संरचना निर्माणको समयसीमा, स्रोत सुनिश्चितता र विभिन्न स्थानमा रहने महाशाखाबीच सेवा प्रवाहको समन्वय कसरी व्यवस्थापन हुन्छ भन्ने विषय यसको कार्यान्वयनसँगै स्पष्ट हुनेछ।

0 Comments