२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘समाज अन्वेषण’का लागि माग्यो अनुसन्धानमूलक लेख

राजनीति शास्त्रदेखि पत्रकारितासम्मका विषयबाट नेपाली समाजको अन्वेषण गर्ने कम्तीमा तीन हजार शब्दका अनुसन्धानात्मक लेख मागिएको छ। विज्ञ समीक्षा र परिमार्जनपछि छनोट भएका लेख ‘समाज अन्वेषण’को आगामी अंकमा प्रकाशन गरिनेछ।

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली समाजका विविध पक्षमाथि केन्द्रित अनुसन्धान तथा विश्लेषणात्मक लेख आह्वान गरेको छ। प्रतिष्ठानको सामाजिक शास्त्र तथा इतिहास विभागबाट प्रकाशित हुने विज्ञ-समीक्षित अर्धवार्षिक जर्नल ‘समाज अन्वेषण’को आगामी अंकका लागि लेख माग गरिएको हो।

प्रतिष्ठानका अनुसार राजनीति शास्त्र, समाजशास्त्र, मानव शास्त्र, इतिहास, अर्थशास्त्र र पत्रकारितालगायत सामाजिक शास्त्रका विविध विषयमा नेपाली समाजको अन्वेषण गरिएका लेख जर्नलमा समेटिनेछन्।

अनुसन्धानात्मक लेख कम्तीमा तीन हजार शब्दको
जर्नलका लागि पठाइने अनुसन्धानात्मक लेख खोजमूलक वा विश्लेषणात्मक हुनुका साथै नेपाली समाजलाई बुझ्न सहयोग पुग्ने प्रकृतिको हुनुपर्नेछ। लेखको मूल तर्क वा उद्देश्यसहितको अधिकांश सामग्री यसअघि अन्यत्र अनुसन्धानात्मक लेखका रूपमा प्रकाशित नभएको हुनुपर्ने मापदण्ड राखिएको छ।

अनुसन्धानात्मक लेख सन्दर्भ सूची, अनुसूची र लेखसारबाहेक कम्तीमा तीन हजार शब्दको हुनुपर्नेछ। प्राप्त अनुसन्धानात्मक लेखलाई प्रकाशनअघि कम्तीमा दुई जना विज्ञबाट समकक्षी समीक्षा (पिअर रिभ्यु) गराइने प्रतिष्ठानले जनाएको छ।

अनुसन्धानात्मक लेखबाहेक प्राज्ञिक टिप्पणी तथा विचार, नयाँ दृष्टिकोण, अनुभव, साहित्य समीक्षा, पुस्तक समीक्षा र अनुसन्धान सारसमेत पठाउन सकिनेछ। यस्ता सामग्री भने अनिवार्य रूपमा समकक्षी समीक्षामा नजान सक्ने जनाइएको छ।

लेख नेपाली भाषामै, लेखकको परिचय पनि अनिवार्य
जर्नलमा प्रकाशनका लागि पठाइने लेख नेपाली भाषामा हुनुपर्नेछ भने लेखको संरचना, भाषा र शैली स्तरीय हुनुपर्ने मापदण्ड तोकिएको छ।

लेखको पहिलो पृष्ठमा लेखक वा लेखकहरूको नाम, इमेल ठेगाना, फोन नम्बर र एक–दुई पङ्क्तिको संक्षिप्त परिचयसमेत उल्लेख गर्नुपर्नेछ।

प्राप्त लेख स्वीकृत वा अस्वीकृत गर्ने तथा विषयवस्तुका आधारमा वर्गीकरण गर्ने अधिकार सम्पादक मण्डलमा रहनेछ। समीक्षा पश्चात् आवश्यक परिमार्जनका लागि पर्याप्त समय नभए लेखक र सम्पादक मण्डलको आपसी सहमतिमा लेखलाई अर्को अंकमा सार्न सकिने व्यवस्था पनि गरिएको छ।

पुस मसान्तसम्म लेख पठाउनुपर्ने
२०८३ चैतभित्र प्रकाशन गर्ने तयारी रहेको ‘समाज अन्वेषण’को वर्ष ५, अंक १, पूर्णांक ८ का लागि इच्छुक लेखक तथा अनुसन्धानकर्ताले २०८३ पुस मसान्तभित्र लेख पठाइसक्नुपर्नेछ।

लेखको स्वीकृति, विज्ञ समीक्षा र आवश्यक परिमार्जनमा समय लाग्ने भएकाले तोकिएको अन्तिम मितिसम्म नपर्खी सकेसम्म चाँडो लेख पठाउन प्रतिष्ठानले आग्रह गरेको छ।

लेख इमेलमा पठाउन सकिनेछ। थप जानकारीका लागि सामाजिक शास्त्र विभागको ९८५१११६१८३ तथा कार्यकारी सम्पादकको ९८४१३०१३४२ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

0 Comments