२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको दाबी गरेका छन् ।

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले विशेष महाधिवेशनमार्फत काँग्रेस रूपान्तरण भएको दाबी गरेका हुन् । उनले भदौ २३–२४ पछि पार्टीभित्र र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न काँग्रेस नयाँ नीति र नेतृत्वका साथ अघि बढेको बताए । उनले आफूले नै केन्द्रिय कार्यसमितिमा गगन थापालाई प्रधानमन्त्री र पार्टी सभापतिको ‘फेस’ बनाएर काँग्रेसलाई जनतामाझ लैजानुपर्ने प्रस्ताव राखेको उनले स्मरण गरे । मन्सुरले १५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सभापति गगन थापालाई काँग्रेसको भरोसायोग्य नेता र पार्टीलाई भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गरे । सभापति थापाले अघि सारेका एजेण्डालाई कार्यान्वयन गर्दै काँग्रेसले खोजेको रूपान्तरणलाई संस्थागत गर्न आफ्नो भूमिका महत्त्वपूर्ण हुने उनको भनाई छ ।

उनले भने, ‘२३–२४ भदौपछि एउटा जुन जनताको बीचमा र नेपाली काँग्रेसको बीचमा निराशाको अवस्था थियो, आक्रोश थियो, त्यो बेला नेपाली काँग्रेसले नयाँ नीति, नयाँ नेता लिएर जानुपर्छ जनताको बीचमा र गगन थापालाई प्रधानमन्त्रीको र सभापतिको फेस बनाएर जानुपर्छ भने केन्द्रीय कार्यसमितिमा मैले यो कुरा राख्दाखेरि देशभरिका नेपाली काँग्रेसका साथीहरूको मनमा त्यो कुरा थियो र एउटा विचार देशभित्र र देशबाहिर पनि काँग्रेसका साथीहरूले एउटा व्यापक यो भावना अगाडि बढ्दै गएर विशेष महाधिवेशनबाट काँग्रेस रूपान्तरित भयो, काँग्रेसबाट नयाँ विचारको स्थापना भयो । त्यसको अभियन्ताको रूपमा पनि म यहाँ तपाईँहरूको बीचमा उपस्थित भएको छु । यी काँग्रेस पार्टी र मेरो जीवन नै काँग्रेस पार्टीमा समर्पित भएको पार्टी हो र मैले राजनीतिमा लाग्दाखेरि अहिलेसम्म काँग्रेसको प्रति इमान्दारीपूर्वक लागेको छु । अहिले काँग्रेसले जुन किसिमको रूपान्तरण खोजेको छ, नेपाली जनताका बीचमा १५औँ महाधिवेशनबाट ल्याइएका कार्यक्रम र नीतिलाई कार्यान्वयन गर्न मेरो अहम् भूमिका रहनेछ ।’

पार्टीले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा आफूले योगदान गर्न आफूले १५ औँ महाधिवेशनमा उपसभापति पदका लागि समावेशी समूहबाट उम्मेदवारी दिएको बताए ।

0 Comments